नेकपा माओवादी केन्द्रले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव लुम्बनाथ पोखरेललाई संसदीय दलका नेता भरत प्रसाद साहले पत्र बुझाउँदै समर्थन फिर्ता लिइएको जानकारी गराएका छन्।
माओवादीका दुई मन्त्री भरत प्रसाद साह र युवराज भट्टराईले आइतबार नै मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए।
मुख्यमन्त्रीलाई मन्त्रीहरूले राजीनामा बुझाएलगत्तै समर्थन फिर्ताको पत्र प्रदेश प्रमुखको कार्यालयमा पुगेर बुझाइएको माओवादीका एक नेताले नेपालखबरलाई जानकारी दिए।
342
Shares
प्रतिक्रिया