ad ad

राजनीति


एमाले सर्लाहीको अध्यक्षमा पुनः राजनारायण साह विजयी

एमाले सर्लाहीको अध्यक्षमा पुनः राजनारायण साह विजयी

अध्यक्ष राजनारायण साह (बायाँ)सहित एमाले सर्लाहीका नवनिर्वाचित पदाधिकारी


नेपालखबर
जेठ ३, २०८१ बिहिबार १६:४४, सर्लाही

नेकपा एमाले सर्लाहीको अध्यक्षमा पुनः राजनारायण साह निर्वाचित भएका छन्।

एमाले सर्लाहीका निवर्तमान अध्यक्षसमेत रहेका साह पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाबाट दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित भएका हुन्। एमाले सर्लाहीको नवौँ जिल्ला अधिवेशनमा सहमति नजुटेपछि निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिएको नवनिर्वाचित उपाध्यक्ष बिदुर प्याकुरेलले जानकारी दिए। 

अध्यक्षमा निर्वाचित साहले २८० मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी गणेश प्रसाइँले २६८ मत प्राप्त गरेका छन्। अध्यक्षमा पराजित प्रसाइँ हरिवन नगरपालिकाका पूर्व मेयर हुन्।

जिल्ला उपाध्यक्षमा बिदुर प्याकुरेल २६२ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी प्रकाश थापाले १८१ मत पाएका छन्। सचिवमा १७७ मत ल्याएर डिल्ली अधिकारी विजयी हुँदा बलराम पोखरेलले १३९ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ।

जिल्ला उपसचिवमा बलराम स्माली २१७ मतसहित विजयी हुँदा मोहन भण्डारीले १०२ मत ल्याएका छन्। 

महिला उपसचिवमा विभा नेपाल २६३ मतसहित विजयी हुँदा एकावती चौधरीले २५८ मत प्राप्त गरेकी छन्। 

पार्टीको लेखा समिति संयोकजमा उत्तम परियारलाई पराजित गर्दै रमेशप्रसाद चौलागाईं विजयी भएका छन्। पदाधिकारीको मतगणना सकिए पनि जिल्ला सदस्यहरुको मतगणना बाँकी नै रहेको नेता प्याकुरेलले बताए। 

सर्लाहीमा एमालेको १३१ सदस्यीय जिल्ला कमिटी छ। सदस्यका प्रतिस्पर्धीको मतगणना भोलिबाट सुरु गरिने प्याकुरेलले जानकारी दिए। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .