सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर भएको छ।
पौडेलविरूद्ध दायर भएको यो तेस्रो भ्रष्टाचार मुद्दा हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठसहित ६ जना र ठेकेदार कम्पनीविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर भएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
अख्तियार प्रवक्ता घिमिरेका अनुसार, ४० करोड बढी बिगो दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो।
सुरक्षण मुद्रण केन्द्र, काठमाडौंले सुरक्षण प्रेसको सफ्टवेयर तथा अन्य उपकरण खरिदको लागि बोलपत्र आह्वान गर्दा सार्वजनिक खरिद कानुन उल्लंघन गरी केही सीमित व्यक्ति विशेषसँग मिलेमतो गरी सरकारी सम्पत्ति हिनामिना गरेको पाइएको अख्तियारले जनाएको छ।
सुरक्षण मुद्रण केन्द्रको भवन र संरचना निर्माणमा अनियमितता भएको भनी गत वर्ष दायर भएको मुद्दा विशेष अदालतमा विचाराधीन छ।
Shares
प्रतिक्रिया