ad ad

राजनीति


विपक्षीको नाराबाजीकैबीच मुख्यमन्त्री सोडारीले मागे विश्वासको मत

विपक्षीको नाराबाजीकैबीच मुख्यमन्त्री सोडारीले मागे विश्वासको मत

फाइल तस्बिर


नेपालखबर
जेठ ३, २०८१ बिहिबार १२:१२, कञ्चनपुर

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सभामा विश्वासको मत सम्बन्धि प्रस्ताव पेस गरेका छन्। 

नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको रेशम पक्षको नाराबाजी र अवरोधकाबीच मुख्यमन्त्री सोडारीले प्रस्ताव पेस गरेका हुन्। 

सभामुख भीमबहादुर भण्डारीले विश्वासको मत सम्बन्धि प्रस्तावमा मतविभाजन आह्वान गरेका छन्।

मुख्यमन्त्रीमा सोडारीको नियुक्ति असंवैधानिक भएको, नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको समर्थन नरहेको भन्दै कांग्रेस र नाउपाको रेशम पक्षले प्रदेश सभा बैठकमा अहिले पनि नाराबाजी गरिरहेको छ।

यसअघि बिहान १०ः१५ बजे बोलाइएको प्रदेश सभा बैठक उनीहरुको अवरुद्धपछि आधा घण्टा स्थगित भएको थियो। त्यसपछि बसेको बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मत मागेका हुन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .