इटालियन कम्पनी पियाजियोको भेस्पा भीएक्सएल नेपाली बजारमा लोकप्रियता बनाउँदै गएको छ ।
आकर्षक डिजाइनले युक्त यो स्कुटी नेपाली ग्राहकले अत्यधिक रुचाइएको कम्पनीले दाबी गरेको छ ।
नेपालमा भेस्पाका लागि नेपालको अधिकृत बिक्रेता दुगड ब्रदर्स एण्ड सन्स प्रालिले यो स्कुटी बिक्री गरिरहेको छ।
यस्ता छन् विशेषता
भीएक्सएल ज्यादै आकर्षक मोडल हो। गाडीहरुको भीडभाडमा यसको स्वरुपले छुट्टै पहिचान दिन्छ। कम्पनीले यसलाई थप आकर्षक बनाउन धेरै मिहिनेत गरेको बताएको छ।
नेपालमा भेष्पाका ६ वटा भेरिएन्ट उपलब्ध छन्। यसमध्ये भीएक्सएल १२५ सहरी सडकमा चढ्न सबैभन्दा उपयुक्त रहेको कम्पनीको दाबी छ। यसको मुल्य ३ लाख ९ हजार ९४६ रुपैयाँ रहेको छ ।
इन्जिन पावर
भेस्पा भीएक्सल १२५ सीसीको इन्जिनको स्कुटर हो। यसमा पेट्रोल इन्जिन रहेको छ भने तीनवटा भल्भ र आल्मुनियम सिलिन्डर हेड रहेको छ। स्कुटरको उच्च गति प्रतिघण्टा ९० किमि छ। कम्पनीका अनुसार यसले प्रतिलिटर ४५ किमि माइलेज रहेको छ।
क्षमताको कुरा गर्दा यसले ६२ सय ५० आरपीएममा १०.०६ पीएस, अत्यधिक टर्क ६ हजार आरपीएममा ९.९ एनएम रहेको छ।
स्वरुप
भीएक्सएल १२५ फुल स्टिल बडीको स्कुटर हो। स्वरुपको कुरा गर्दा यो स्कुटीमा ओभर हेड क्याम र म्याप सेन्सिङको प्रविधि छ। ट्युबलेस टायरको प्रयोग भएको यसमा अगाडिको टायर ११० बाई ७० रहेको छ भने पछाडिको १२० बाई ७० रहेको छ। यसमा ह्विल साइज अगाडि ११ इन्च र पछाडि १० इन्चको छ।
थप विशेषता
थप विशेषताको कुरा गर्दा स्कुटरको लम्बाइ ११७० एमएम, चौडाइ ६९० एमएम तथा उचाइ ११४० एमएम रहेको छ। यसको ग्राउन्ड किलियरेन्स १५५ एमएम छ। सिटको उचाइ ७७० एमएम रहेको स्कुटीमा ८ लिटरको इन्धन ट्यांकी छ। यसको कुल तौल ११४ रहेको छ।
बत्तीहरु
स्कुटीमा थ्रिफेजको विद्युतीय प्रणाली छ। यसमा १२ भोल्टको ब्याट्री र ५ एच लो मेन्टेनेन्स र लिड टेल लाइट्स लिड ल्याम्प रहेको छ।
सुरक्षातर्फ स्कुटरमा अगाडि २०० एमएम डिस्क ब्रेक र पछाडि १४० एमएमको ड्रम ब्रेक छ। स्कुटरमा किक र सेल्फ दुवै माध्यमबाट स्टार्ट गर्न सकिने सुविधा छ।
भिडियाे हेर्नुस्ः
कस्तो कम्पनी हो पियाजियो ?
पियाजिओ सन् १८८४ मा स्थापना भएको इटालियन कम्पनी हो। उक्त कम्पनी विशेष डिजाइन र प्रविधिको लागि विश्वमै ख्याति प्राप्त छ। पियाजियोले १९४६ देखि भेस्पाका स्कुटर उत्पादन सुरु गरेको थियो। नेपालमा भने यो कम्पनीले सन् २०१५ देखि भेस्पा ब्राण्डको स्कुटर बेच्दै आएको छ।
तस्बिर/भिडियाेः प्रविन काेइराला
प्रतिक्रिया