नेपाली राष्ट्रिय क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा रोड्रिक ओर्भिली इस्टविक नियुक्त भएका छन्।
नेपाल क्रिकेट संघ (अक्यान) ले आइतबार सामाजिक सञ्जालमार्फत उनलाई बलिङ कन्सल्टेन्टको रुपमा नियुक्त गरेको जानकारी दिएको हो।
बार्बाडोसका तीव्र गतिका बलर ६३ वर्षीय रोड्रिकले आगामी टी–२० विश्वकपसम्म नेपाली टोलीलाई हेर्ने छन्।
यसअघि एस्टविकले वेस्ट इन्डिजको सिनियर टोलीमा बलिङ प्रशिक्षकको काम गरिसकेका छन्।
सन् २०१६ देखि २०२२ मा उनले वेस्ट इन्डिजमा काम गरिसकेका छन्। नेपाली प्रशिक्षक मोन्टी देसाईले वेस्ट इन्डिजको ब्याटिङ प्रशिक्षकका रुपमा काम गर्दा उनी पनि सँगै थिए
एस्टविक यही साता ओमानमा हुने एसीसी मेन्स प्रिमियर कपबाट टोलीमा आवद्ध हुनेछन्। नेपाली टोली पनि भारतबाट सिधै ओमान जानेछ।
135
Shares
प्रतिक्रिया