अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विटर, गुगल र फेसबुकमाथि मुद्दा हालेका छन्।
आफूलाई गुगल, ट्विटर र फेसबुकले सेन्सरसिपको शिकार बनाएको आरोप लगाउँदै ट्रम्पले मुद्दा दर्ता गराएका हुन्।
यी प्रमुख तीन कम्पनीका कार्यकारी अधिकृतलाई आरोपित मान्दै ट्रम्पले उनीहरुको कारण आफ्नो अभिव्यक्तिको माध्यममा प्रतिबन्ध लागेको जनाएका छन्।
आफूमाथि सामाजिक संजालमा लागेको प्रतिबन्ध हट्नुपर्ने भन्दै उनले अदालत समक्ष अनुरोध गरेका हुन्।
ट्रम्पले तर्क प्रस्तुत गर्दै भनेका छन्,‘यदी यी कम्पनीले राष्ट्रपतिलाई प्रतिबन्ध लगाउन सक्छन् भने उनीहरुले जसलाई चाह्यो त्यसलाई प्रतिबन्ध लगाउन सक्छन्।’
अमेरिकी राष्ट्रपतिको निर्वाचनको नतिजा आफ्नो पक्षमा नआएपछि ट्रम्पले जो बाइडेनले धाँधली गरेर निर्वाचन जितेको आरोप लगाउँदै आएका थिए।
सो क्रममा गत जनवरीमा ट्रम्पका समर्थकले निर्वाचनमा धाँधली भएको भन्दै अमेरिकी संसद भवनमै तोडफोड मच्चाएका थिए।
ट्रम्पले चुनावको नतिजा अस्वीकार गर्दै बताएसँगै उनका समर्थकले हिंसा मच्चाएपछि हिंसा रोक्नलाई भन्दै सामाजिक संजाल कम्पनीहरुले ट्रम्पको अकाउन्ट बन्द गरिदिएका थिए।
सोही कारण ट्रम्पमाथि ट्विटर, फेसबुक र गुगलले नै प्रतिबन्ध लगाएका थिए। बीबीसी
Shares
प्रतिक्रिया