फेसबुकको स्वामित्वमा रहेको चर्चित एप वाट्सएपले मे र जुन महिना भित्र २० लाख भारतीय अकाउन्टहरु बन्द गरेको छ।
वाट्सएपका अनुसार कम्पनीको नियम उल्लंघन गरेकाले भारतका २० लाख अकाउन्ट बन्द गरिएको हो।
बन्द गरिएको अकाउन्टमध्ये ९५ प्रतिशत म्यासेज फरवार्डसँग सम्बन्धित छ। तोकिएभन्दा बढी मानिसलाई म्यासेज फरवार्ड गरेकोमा अकाउन्टहरु बन्द भएका हुन्।
भारतमा ४० करोड वाट्सएप प्रयोगकर्ता छन्। हाल बन्द भएका अकाउन्टमा अश्लिल सामग्री साटासाट गरिएको साथै समाजलाई हानी गर्ने किसिमका कार्य गरिएको जनाइएको छ।
वाट्सएपले हरेक महिना विश्वभरबाट ८० लाख अकाउन्टसम्म बन्द गर्ने गरेको छ। बीबीसी
132
Shares
प्रतिक्रिया