अमेजनले घर रेखदेख गर्नसक्ने एस्ट्रो रोबोट ल्याउने घोषणा गरेको छ । कम्पनीले एलेक्सा स्मार्ट होम टेक्नोलोजीले बनाएको आफ्नो पहिलो हाउसहोल्ड रोबोट ल्याउने घोषणा गरेको हो ।
कम्पनीका अनुसार यो रोबोटले घरपालुवा जनावर, मानिस र घरकै सुरक्षा अवस्थाको अनुगमन गर्न सक्नेछ। यो रोबोट रिमोटबाट कन्ट्रोल गर्न सकिन्छ ।
त्यस्तै यसले स्वचालित रुपमा घरको रेखदेख गर्न समेत सक्छ । त्यसो गर्दा यदि केही अस्वाभाविक गतिविधि पाए केही भेटिए घरमालिकलाई नोटिफिकेसन (सूचित) दिन सक्छ ।
यसमा धेरै गतिविधि र हाउभाउको ‘प्रोग्राम’ गरिएको छ । यो सानो रोबोटमा पेरिस्कोप क्यामरा सबैभन्दा मािथ राखिएको छ ।
यसको मूल्य नौ सय ९९ अमेरिकी डलर पर्नेछ । रोबोट यही वर्षदेखि बजारमा पठाउन थालिनेछ । तर अहिलेलाई अमेरिकामा मात्रै उपलब्ध हुनेछ । यसको मूल्य १४ सय ४९ अमेरिकी डलरसम्म पर्नसक्नेछ ।
21
Shares
प्रतिक्रिया