आफ्नाे सेवा पटकपटक अवरुद्ध हुन थालेपछि इन्स्टाग्रामले यसबारे प्रयोगकर्तालाई तुरुन्तै जानकारी दिने फिचर विकास गरिरहेको छ।
प्राविधिक गडबडी भएका बेला प्रयोगकर्तालाई न्युजफिडमै जानकारी दिने फिचर अहिले इन्स्टाग्रामले परीक्षण गरिरहेको हो।
यो फिचर अहिले अमेरिकाका प्रयोगकर्तामा परीक्षण भइरहेको बताइएको छ। परीक्षण सफल भएपछि फिचर अरू प्रयोगकर्तालाई उपलब्ध गराइनेछ।
केही दिनअघि पाँच दिनभित्रै दुईपटक फेसबुकसहित म्यासेन्जर, इन्स्टाग्रामलगायत सेवा अवरुद्ध हुँदा प्रयोगकर्ता मर्कामा परेका थिए। एजेन्सी
यी पनि :
विश्वभर फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप ६ घण्टा बन्द
फेसबुक र इन्स्टाग्राममा फेरि गडबडी, कम्पनीले माग्यो माफी
फेसबुककै पूर्वकर्मचारीले गरिन् फेसबुक ‘कति हानिकारक छ’ भन्ने गोप्य कुरा खुलासा
27
Shares
प्रतिक्रिया