ad ad

प्रविधि


स्वचालित कार सञ्चालनको लागि जीएमले अमेरिकासँग माग्यो अनुमति

स्वचालित कार सञ्चालनको लागि जीएमले अमेरिकासँग माग्यो अनुमति

नेपालखबर
फागुन ७, २०७८ शनिबार १४:४७, काठमाडौँ

अमेरिकी कार निर्माता जनरल मोटर्सले स्वचालित कार सञ्धचालनको लागि नियामकसँग अनुमति मागेको छ।

अमेरिकी नियामकसँग जीएमको स्वचालित कार निर्माता एकाइ क्रुजले नियामकसमक्ष शुक्रबार स्वचालित कार सञ्चालनको लागि अनुमति मागेको हो। 

कम्पनीले अहिले माग गरेको स्वचालित कारलाई मानिसको सहायता आवश्यक पर्दैन। अहिले सीमित सवारीको लागि मात्र अनुमति मागेको कम्पनीले बताएको छ।

कम्पनीले अहिले अघि सारेको योजनाअनुसार स्वचालित कारको उत्पादन सन् २०२२ को अन्तिममा हुनेछ भने २०२३ मा यसलाई सडकमा सञ्चालन गरिनेछ। 

जीएमले गत अक्टोबरमा नै स्वचालित कारको लागि अनुमति माग्ने तयारी भइरहेको बताएको थियो।  

पछिल्लो समय धेरै कम्पनीहरुले स्वचालित कार निर्माणको क्षेत्रमा काम गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .