ad ad

प्रविधि


ट्विटरका आलोचक मस्क बने ट्विटरकै ठूलो सेयर लगानीकर्ता

ट्विटरका आलोचक मस्क बने ट्विटरकै ठूलो सेयर लगानीकर्ता

नेपालखबर
चैत २२, २०७८ मंगलबार ६:१९, काठमाडौँ

अर्बपति इलोन मस्कले ट्विटरको सेयर खरिद गरेका छन्। सीएनएनका अनुसार चर्चित सामाजिक सञ्जाल ट्विटरको ९.२ प्रतिशत सेयर खरिद गर्दै मस्क कम्पनीको सबैभन्दा ठूलो लगानीकर्ता बनेका हुन्। 

मस्कले सेयर खरिद गरेको समाचारसँगै ट्विटरको सेयर सुरुवाती कारोबारमा २२ प्रतिशतले बढेको बताइएको छ। यद्यपि मस्कले सेयरको लागि के भुक्तानी गरे भन्नेचाहिँ खुलाएका छैनन्।

तर उनको सेयर दुई अर्ब ९० करोड अमेरिकी डलर बढीको भएको बताइएको छ। शुक्रबार उनले खरिद गर्दा त्यति मूल्यबराबर भए पनि सोमबार बढेपछि त्यो साढे तीन अर्ब अमेरिकी डलरको भएको छ। 

सेयर खरिदको उद्देश्यबारे पनि थप केही जानकारी प्राप्त भएको छैन। उनी बारम्बार ट्विटरको चर्को आलोचक रहँदै आएका छन्। गत महिनामात्रै उनले ट्विटरको आलोचना गरेका थिए। यसको बदला नयाँ सामाजिक सञ्जाल ल्याउनेबारे ट्विट गरेका थिए। 

जुनसुकै बेला लगानीकर्ताले कम्पनीको पाँच प्रतिशत सेयर वा त्योभन्दा धेरै खरिद गर्दा सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनलाई विवरण खुलाउनुपर्ने हुन्छ। तर मस्कले भने खुलाएका छैनन्।

प्रविधि विश्लेषकहरुले भने मस्कले ट्विटरलाई परिवर्तन गराउन चाहेको हुनसक्ने बताएका छन्। ट्विटरको बोर्ड र मेनेजमेन्ट टिममा यसबारे छलफल थाल्न उनले गरेको लगानी एक प्रहारका रुपमा रहेको हुनसक्ने विश्लेषकहरुको भनाइ छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .