चीनको सइबरस्पेस नियामकले पछिल्लो समय नक्कली लगानी प्लेटफर्ममाथि कारबाही अघि बढाइएको बताएको छ।
शुक्रबार नियामकले शुक्रबार पछिल्लो समय भइरहेको दूरसञ्चार अपराध नियन्त्रणका लागि यस्तो कदम चालिएको बताएको हो।
साइबर स्पेस एड्मिनिस्ट्रेसन अफ चाइना (सीएसी)ले यस वर्षको सुरुवातदेखि अहिलेम्म ४२ हजार नक्कली एप हटाइएको बताएको छ।
नियामकका अनुसार अनुसन्धानको क्रममा एपहरु ठगी हुने गरेको वा अन्य कम्पनीको प्रविधि चोरी गरेको पाइएको हो।
नियामकले एप स्टोर तथा अन्य प्लेटफर्महरुलाई पनि एपहरुमाथि कडाइ गर्न आग्रह गरेको छ।
195
Shares
प्रतिक्रिया