विश्वभरका ३ करोड ३० लाख मानिसले प्रयोग गर्ने पासवर्ड म्यानेजर लास्टपासले हालै मात्र ह्याकरहरुले यसको सोर्स कोड चोरी गरेको बताएको छ।
त्यसका साथै ह्याकरहरुले लास्टपासको प्रणाली पार गरेर केही सूचना पनि चोरेका छन्।
कम्पनीले भने ह्याकरहरुले कुनै पनि पासवर्ड भने नलिएको बताएको छ।
कम्पनीले प्रयोगकर्ताहरुले पनि आफ्नो विवरणको सुरक्षाको लागि थप कदम चाल्नु आवश्यक नरहेको बताएको छ। बिहीबार एक ब्लगपोस्ट सार्वजनिक गर्दै कम्पनीले ह्याकरहरुले प्रणालीलाई पार गरेर अनधिकृत पहुँचको प्रयास गरेको बताएको हो।
कम्पनीले अहिले भने प्रणालीलाई पूर्णरुपमा आफ्नो कब्जामा ल्याइएको बताएको छ। कम्पनीले यसबारे विस्तृत जानकारी भने दिएको छैन।
सामाजिक सञ्जालहरुमा भने मानिसहरुले उक्त कम्पनीका प्रणालीमा राखिएको पासवर्डबाट तेस्रो पक्षले आफ्नो खातामा अनधिकृत पहुँच पाउन सक्ने आशंका व्यक्त गरेका छन्।
Shares
प्रतिक्रिया