अमेरिकी अर्बपति इलोन मस्कले युक्रेनमा स्याटेलाइटबाट इन्टरनेट सेवा प्रदान गर्नको लागि अमेरिकाको सरकारले सहयोग नदिएको बताएका छन्।
अमेरिकाको रक्षा मन्त्रालयले मस्कको कम्पनीलाई युक्रेनमा दिइरहेको इन्टरनेट सेवाको लागि पैसा बुझाउने तयारी गरिरहेको भन्ने समाचारसँगै मस्कले यस्तो बताएका हुन्।
स्पेएक्सले युक्रेनमा निःशुल्क इन्टरनेट सेवा प्रदान गर्दा मासिक २ करोड अमेरिकी डलरबराबरको नोक्सानीको सामना गरिरहेको मस्कले बताएका छन्।
यद्यपि अमेरिकाको रक्षा मन्त्रालयले पैसा नदिए पनि कम्पनीले निःशुल्क इन्टरनेट सेवा भने जारी राख्ने मस्कले बताएका छन्।
अमेरिकाले नदिए पनि अन्य केही मुलुक र धनाढ्यहरुले भने सहयोग गरिरहेको मस्कको भनाइ छ।
अहिलेसम्म युक्रेनलाई सहयोगको लागि स्पेसएक्सले करिब ८ करोड अमेरिकी डलरबराबरको खर्च गरिसकेको छ।
87
Shares
प्रतिक्रिया