अमेरिकी अर्बपति इलोन मस्कले सामाजिक सञ्जाल ट्वीटर खरिदका लागि आफू उत्साहित रहेको बताएका छन्। यद्यपि उनले ट्वीटर खरिदको लागि आवश्यकभन्दा धेरै रकम खर्चिएको बताएका छन्।
यसअघि ट्वीटर खरिदको निर्णयबाट पछि हटेका मस्कले बुधबार भने ट्वीटर खरिद गर्ने पक्षमा रहेको बताएका हुन्। टेस्ला कम्पनीका सीईओसमेत रहेका मस्कले टेस्लाको त्रैमासिक रिपोर्ट सार्वजनिक गर्ने क्रममा यस्तो बताएका हुन्।
मस्कले अहिलेको अवस्थामा ट्वीटरलाई तिरिएको रकम धेरै भए पनि आगामी दिनमा ट्वीटरको मूल्यांकन अहिलेको तुलनामा धेरैले बढ्ने अपेक्षा पनि व्यक्त गरेका छन्।
यसअघि ट्वीटरले पनि मस्कलाई बिक्री गर्ने प्रक्रिया चलिरहेको भन्दै शेयर कारोबार रोक्का गरेको थियो। मस्कले टेस्लाले पनि छिटै नै एप्पलजस्तो कम्पनीलाई बजार पुँजीकरणको हिसाबमा पछि पार्न सक्ने बताएका छन्।
अहिले टेस्लाको बजार पुँजीकरण ७ खर्ब डलरभन्दा कम छ भने एप्पलको बजार पुँजीकरण २३ खर्ब डलर छ।
Shares
प्रतिक्रिया