हाल देखिएको विस्फोटन पहिलेकोभन्दा भिन्न भएको नासा सोला डाइनामिक्स अब्जरभेटरीले जनाएको छ।
सूर्यको सतहमा देखिएको अनौठो किसिमको विस्फोटन बारे नयाँ अनुसन्धान एस्ट्रोफिजिकल जर्नलले प्रकाशित गरेको छ।
अनुसन्धानमा सूर्यको सतहमा विस्फोट भएको जनाइएको छ। विस्फोट भएपछि प्रोमिनेन्स भन्ने तत्व फेरि सूर्यमा खस्छ र त्यो सूर्यको चुम्बकीय क्षेत्रसँग ठोकिन्छ। जसका कारण कहिल्यै कल्पना नगरिएको चुम्बकीय विस्फोटन भएको बताइएको छ।
नयाँ घटनाक्रमले सूर्यको वातावरणबारे नयाँ तथ्य फेला पर्ने वैज्ञानिकहरुको भनाइ छ। एजेन्सी
प्रतिक्रिया