सिमुलेसन साइन्स सेन्टरको आयोजनमा ‘सिमुलेसन विज्ञान प्रदर्शनी २०२२’ सुरु भएको छ।
होप्पील्याण्ड एमुजमेन्ट पार्कमा पुस १ गतेदेखि सुरु भएको प्रदर्शनी पुस ३० गतेसम्म सञ्चालन हुने छ।
होप्पील्याण्ड एमुजमेन्ट एण्ड वाटरपार्कमा आयोजना गरिएको प्रदर्शनीमा बालबालिकाहरुलाई वैज्ञानिक नियम र सिद्धान्तहरुको बारेमा जानकारी गराइने उद्देश्य लिइएको छ।
अन्तरक्रियात्मक कार्यक्रममा पनि बालबालिकाहरु सहभागी हुने व्यवस्था मिलाइएको छ।
प्रदर्शनीमा ग्याजेट र रोवोटिककुराहरु प्रयोग गरिएको छ। जसलाई मेकानिकल र भौतिक विषयका विज्ञहरुको प्रशिक्षणले आगामी दिनमा बालबालिकहरुलाई विषय बुझ्नका लागि थप सहयो गर्ने अपेक्षा गरिएको छ।
त्यहाँ डाइनोसरको बारेमा जानकारी गराउँदै बालिबालिकालाई त्यसैबाट बोटिङ गर्दा थप अध्ययन गर्न पाउने सिमुलेसन साइन्स सेन्टरकी प्रमुख कार्यकारी अधिकृत प्रतिक्षा थापाले जानकारी दिइन्।
यो प्रदर्शनीमा स्कुले वालालिका र उनका अभिभावकहरुले फाइदा लिन सक्ने थापाले बताइन्। प्रदर्शनीमा सहभागी हुने विद्यार्थीहरुले विद्यालयमा सिकेका कुराहरु अभ्यास गर्न पाउने व्यवस्था पनि मिलाइएको छ।
Shares
प्रतिक्रिया