ट्विटर प्रयोगकर्ताहरूले सोमबार विवादास्पद मालिक एलोन मस्कलाई सीईओको पदबाट हटाउन मतदान गरेका छन्। जुन उनले आयोजना गरे र सम्मान गर्ने वाचा गरे, उनले मस्कले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिएको केही हप्तापछि उनले ट्वीट प्रयोगकर्ताहरूमा सो आग्रह गरेका थिए।
एक करोड ७० लाखभन्दा बढी ट्विटर प्रयोगकर्ताहरूमध्येबाट ७५.५ प्रतिशतले उनको विपक्षमा मतदान गरेका थिए।
मस्क कार निर्माता टेस्ला र रकेट फर्म स्पेसएक्सका समेत मालिक पनि हुन्। उनले अक्टोबर २७ मा ट्विटरको प्रमुख भएदेखि बारम्बार विवादमा आएका थिए। उनले कम्पनीका आधा कर्मचारीलाई बर्खास्त गरेको, पत्रकारहरूलाई प्रतिबन्ध लगाएको र पहिले नि:शुल्क सेवाहरूको लागि शुल्क लिन खोजेपछि उनको विरुद्ध आक्रोश बढेको थियो। रासस/एएफपी
48
Shares
प्रतिक्रिया