माइक्रोब्लगिङ साइट ट्विटरले लिगेसी भेरिफाइड अकाउन्ट अर्थात् भुक्तान नगरिएका खाताहरूबाट नीलो टिक हटाएको छ। बिहीबार राति १२ बजेसँगै त्यसैगरी लिगेसी भेरिफाइड खातामा नीलो टिक हटाइएको हो।
सबै देशका राजनीतिज्ञ, अभिनेता, पत्रकार, गायक र सेलिब्रेटीहरुको भुक्तान नगरिएको खाताबाट ब्लु टिक्स हटाउन थालिएको छ। एक साताअघि ट्विटरका मालिक एलन मस्कले ब्लु टिक हटाउने घोषणा गरेका थिए।
मस्कले यही अप्रिल १२ मा अप्रिल २० देखि नीलो टिक्स हटाइने जानकारी गराएका थिए। उनले भनेका थिए, ‘यदि मानिसहरू ब्लु टिक लिन चाहन्छन् भने उनीहरूले ट्विटर ब्लुको सशुल्क सदस्यता लिनुपर्नेछ। अर्थात् मासिक शुल्क तिरेपछि मात्रै प्रयोगकर्ताको नीलो टिक जारी रहनेछ। बीबीसी
48
Shares
प्रतिक्रिया