ad ad

प्रविधि


कोरोना महामारीः चीनबाहेक विश्वभरका सबै एप्पल स्टोर बन्द हुने

कोरोना महामारीः चीनबाहेक विश्वभरका सबै एप्पल स्टोर बन्द हुने

नेपालखबर
चैत १, २०७६ शनिबार ११:२९,

शुक्रबार एप्पलका कार्यकारी अधिकृत टिम कुकले चीनमा रहेको एप्पल स्टोर खुला हुने बताउँदै चीनबाहिरका सबै एप्पल स्टोर बन्द हुने बताए।

कुकले चीनमा कोरोनाको संक्रमण घटेकाले त्यहाँ एप्पल स्टोर खोल्ने घोषणा गरेका हुन्। अमेरिका क्यालिफोर्नियामा मुख्यालय भएको एप्पलको विश्वका २४ देशमा ५ सय एप्पल स्टोर छन्।

तीमध्ये चीनमा भएका ४२ स्टोर मात्र खुला हुने भएका हुन्। हाल कोरोना भाइरस विश्वभर फैलिसकेको छ।

तर पछिल्लो समय चीनमा कोरोनाको प्रभाव घट्दै गएको छ। चीन एप्पलको मुख्य बजार पनि हो।

पछिल्लो समय चीनको जनजीवन सामान्य बन्दै जाँदा एप्पलले पनि आफ्नो स्टोर चीनमा मात्र खोल्ने बताएको हो।

एप्पलले हालसम्म कोरोनाविरुद्ध लड्न १५ मिलियन अमेरिकी डलर सहयोग गरेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .