ad ad

प्रविधि


सिंगापुरमा कोरोनाविरुद्ध प्रविधिको प्रयोग प्रभावकारी

सिंगापुरमा कोरोनाविरुद्ध प्रविधिको प्रयोग प्रभावकारी

नेपालखबर
चैत ११, २०७६ मंगलबार ११:१६,

त्यहाँ प्रविधिको प्रयोग प्रभावकारी सावित भएको बताइएको छ।

कोरोना संक्रमित र संक्रमित व्यक्तिसँग सम्पर्कमा आएका मानिसलाई सिंगापुरको सरकारले एप्लिकेसनमार्फत ट्र्याक गर्न सफल भएको छ।

जसका कारण सिंगापुरले कोरोनाको संक्रमणलाई प्रभावकारी ढंगबाट नियन्त्रणमा ल्याउन सकेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

सिंगापुरका हरेक नागरिकलाई स्मार्टफोनमा ‘ट्रेसटुगेदर’ नामको एप्लिकेसन डाउनलोड गर्न भनिएको छ। उक्त एप्लिकेसन सबैले अनिवार्य डाउनलोड गरेपछि ब्लुतुथ खोल्नुपर्छ।

उक्त एप्लिकेसनमा फोन नम्बर पनि राख्नुपर्छ। सबैको फोनको ब्लुतुथ अन भएको हुनाले सरकारले कोरोना संक्रमितको ५ मिटर नजिक को पुग्यो भनेर सजिलै पत्ता लगाउनसक्ने जनाइएको छ।

त्यस्तै कोरोना संक्रमण भएका मानिस कुन स्थानमा छ भनेर पनि उक्त एप्लिकेसनबाट सरकारले थाहा पाउछन्।

यसकारण सिंगापुरले चाँडै कोरोना संक्रमणको आशंका गरिएको व्यक्तिलाई अलग्याउन सफल भएको छ।

मंगलबारसम्मको तथ्यांकअनुसार सिंगापुरमा कोरोनाबाट ५ सय ९ जना बिरामी परेका छन्। २ जनाको मृत्यु भइसक्दा १ सय ५२ उपचारपछि स्वस्थ बनेका छन्।

३ सय ५५ जनालाई कोरोना संक्रमणको आशंकामा क्वारेन्टिनमा राखिएको छ।

Image result for singapore trace

‘हामी भाइरसभन्दा एक वा दुई कदम अघि रहन चाहन्छौं,’ सिंगापुरको सरुवा रोग विभागका निर्देशक वर्नोन लीले न्युयोर्क टाइम्ससँग भनेका छन्, ‘भाइरसलाई पछ्याउन थाल्यौँ भने त पछि परिहाल्छौँ नि।’

सिंगापुरमा खासगरी प्रविधिको प्रयोगमार्फत सावधानीपूर्ण ट्रयाकिङ, अनिवार्य क्वारेन्टाइन र सचेतनापूर्वक सोसल डिस्ट्यान्सिङले महत्वपूर्ण भूमिका खेलेको विज्ञहरुको भनाइ छ।

संक्रमित व्यक्ति आउजाउ गर्ने, काम गर्ने, खेल्ने र खाने सबै स्थानबारे तत्काल विवरण सार्वजनिक हुने गरेका कारण पनि सिंगापुर कोरोना नियन्त्रण गर्न सफल भएको छ।

सिंगापुरसँगै हङकङकले पनि प्रविधिको प्रयोग गरेर कोरोना संक्रमितलाई र क्वारेन्टिनमा बसेकालाई ट््रयाक गरिरहेको छ।

हङकङमा विदेशबाट आउने सबै नागरिकलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्न निर्देशन दिइएको छ। साथै क्वारेन्टिनमा बस्ने सबैले डिजिटल रिस्टब्यान्ड ‘हातेफिता’ लगाउनु पर्नेछ।

उक्त डिजिटल रिस्टब्यान्डले क्वारेन्टीन बस्न भनिएका मानिस कहाँ छ, उसले क्वारेन्टिनको नियम पालना गरेको छ या छैन भनेर सजिलै पत्ता लगाउँछ। एजेन्सी

Image result for hong kong wristband

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .