ad ad

प्रविधि


दश वर्षपछि नासाले अमेरिकी भूमिबाट अन्तरिक्षमा मानव पठाउँदै

दश वर्षपछि नासाले अमेरिकी भूमिबाट अन्तरिक्षमा मानव पठाउँदै

नेपालखबर
बैशाख ६, २०७७ शनिबार ७:१३,

फ्लोरिडाको केनिडी अन्तरिक्ष केन्द्रबाट मे २७ मा नासाले दुई अन्तरिक्ष यात्री इन्टरनेसनल स्पेस स्टेसनमा पठाउने बीबीसीले जनाएको छ।

नासाले १० वर्षमा पहिलोपटक अमेरिकाबाट मानवसहितको अभियान संचालन गर्न लागेको हो।

अमेरिकी स्पेस सटल सेवानिवृत्त भएपछि अन्तरिक्षमा मानव अभियानको लागि सन् २०११ यता अमेरिकाले रुसी रकेटको प्रयोग गर्दै आएको थियो।

हाल नासाले अमेरिकाबाट अमेरिकी रकेटमै मानिसलाई अन्तरिक्षमा पठाउन लागेको हो।

Nasa to launch first manned mission from US in decade - BBC News

रकेट र अन्तरिक्ष यान दुवै एलन मस्कको कम्पनी स्पेसएक्सले निर्माण गरेको हो। यो अभियान सफल भएमा स्पेसएक्स नासाको अन्तरिक्ष यात्री अन्तरिक्षमा पठाउने पहिलो निजी कम्पनी हुनेछ।

एपोल्लो र सटल मिसन प्रक्षेपण भएकै अन्तरिक्ष केन्द्र प्याड ३९ए बाट स्पेसएक्सको द फाल्कन नाइन रकेट र क्र्यु ड्र्यागन अन्तरिक्ष यान प्रक्षेपण हुनेछन्।

नासाको यस अभियानमा अन्तरिक्ष यात्रीहरु बब बेनकेन र डग हर्ली समावेश हुनेछन्। हाल
इन्टरनेसनल स्पेस स्टेसनमा एक अमेरिकी र दुई रुसी अन्तरिक्ष यात्री पहिल्यैदेखि छन्।

२४ घण्टामा नासाका अन्तरिक्ष यात्री स्पेस स्टेसन पुग्ने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .