ad ad

प्रविधि


पृथ्वीबाट सबैभन्दा नजिकको ब्ल्याक होल पत्ता लाग्यो, नांगो आँखाले देख्न सकिने

पृथ्वीबाट सबैभन्दा नजिकको ब्ल्याक होल पत्ता लाग्यो, नांगो आँखाले देख्न सकिने

नेपालखबर
बैशाख २४, २०७७ बुधबार १२:५०,

एकेडेमी अफ साइन्सेस अफ चेक रिपब्लिकको नयाँ अनुसन्धानमा हाल देखिएको ब्ल्याक होल पृथ्वीबाट सबैभन्दा नजिकको भएको उल्लेख गरिएको छ। हालसम्म पत्ता लागेकामध्ये यो नै पृथ्वीबाट नजिकको ब्ल्याक होल हो।

वैज्ञानिकहरुका अनुसार यस ब्ल्याक होल पृथ्वीबाट हजार लाइटवर्ष टाढा छ। पहिलोपटक चिलीस्थित युरोपियन साउर्थन अब्जर्भेटरी फ्यासिलिटीको टेलिस्कोपबाट यस ब्ल्याक होल देखिएको थियो।

तर दक्षिणी गोलार्धमा रहेका व्यक्तिहरुले टेलिस्कोपको आवश्यकता बिना नै नांगे आँखाले अन्धकार, स्पष्ट रातमा यस ब्ल्याक होलको प्रणालीको ताराहरू देख्नसक्ने बताएका छन्।

के हो ब्ल्याक होल?

‘ब्ल्याक होल’ आकाशगंगाको अत्यन्त टाढा रहेको एउटा रहस्यमय संसार हो। पिण्ड मात्र होइन प्रकाश नै पनि ‘ब्ल्याक होल’बाट भाग्न सक्दैन। त्यहाँ प्रवेश गरेपछि अस्तित्व गुमाउँछ।

‘ब्ल्याक होल’को रहस्यबारे वर्षौंदेखि वैज्ञानिकले तथ्य मात्र खोज गर्दै आएका थिए। गतवर्ष मात्र वैज्ञानिकहरुले ब्ल्याक होलको तस्बिर खिच्न सकेका थिए।

पृथ्वीबाट रातको समयमा आकाशमा देखिने ताराहरुको बाक्लो समूह जसलाई नांगो आँखाले देख्न सकिँदैन त्यो नै आकाशगंगा हो। ब्रम्हान्डमा त्यस्ता धेरै आकाशगंगा छन्। आकाशगंगा भित्र ‘ब्ल्याक होल’को अस्तित्व छ।

वैज्ञानिकले खिचेको ब्लाक होलको तस्विर

ब्ल्याक होलको पहिलो तस्बिर

आकाशगंगामा एक लाखदेखि एक लाख ८० हजार प्रकाश वर्षको व्यास ‘मोटाइ’मा ताराहरु समेटिएका छन्। यसभित्र कम्तिमा पनि एक सयदेखि चार सय अर्ब ताराहरु रहेको अनुमान छ।

आकाशगंगामा एक भित्री भाग छ जहाँ ग्यास र धूलोको बाक्लो उपस्थिति छ। यसलाई ओरियन आर्म भनिन्छ। त्यसको पनि भित्री भागलाई एउटा बाक्लो तरंगले घेरेको छ। त्यसलाई सेगिटारिअस ए भनिन्छ त्यसैलाई वैज्ञानिकहरुले ‘ब्ल्याक होल’ नाम दिँदै आएका छन्।

‘ब्ल्याक होल’ अन्तरिक्षस्थित त्यो स्थान हो जसको गुरुत्वाकर्षण बलले सबै पिण्ड एवं वस्तुहरु आफूतिर तान्छ। ‘ब्ल्याक होल’मा पसिसकेपछि प्रकाश पनि बाहिर आउन सक्दैन। यसमा अत्यन्त शक्तिशाली उर्जा र गुरुत्व बल निहित छ।

‘ब्ल्याक होल’हरु ठूला र साना दुवै किसिमका भएको वैज्ञानिकहरुको भनाइ छ। द इन्डिपेनडेन्ट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .