ad ad

प्रविधि


आईफोन १२ चार नयाँ मोडल र फाइभ–जी सपोर्टसहित सार्वजनिक (सबै जानकारी)

आईफोन १२ चार नयाँ मोडल र फाइभ–जी सपोर्टसहित सार्वजनिक (सबै जानकारी)

नेपालखबर
असोज २८, २०७७ बुधबार ६:४०,

गत महिना नै सार्वजनिक हुने अनुमान गरिएको प्रतिक्षित आइफोन १२ मंगलबार राति सार्वजनिक भएको हो।

एप्पलका अनुसार आइफोन १२ मा फाइभ–जी नेटवर्क चल्नेछ। एप्पलका प्रमुख टिम कुकले भनेका छन्,‘हामी अब उत्पादन हुने सबै आइफोनमा फाइभ–जीको सुविधा दिनेछौं। यो आइफोनका लागि नयाँ युगको सुरुवात हो।’

एप्पलका चार मोडलका आइफोन

१. आइफोन १२ः ६४, १२८ र २५६ जीबी स्टोरेजमा पाइनेछ

२. आइफोन १२ मिनीः ६४, १२८ र २५६ जीबी स्टोरेजमा पाइनेछ

३. आइफोन १२ प्रोः १२८, २५६, ५१२ जीबी स्टोरेजमा पाइनेछ

४. आँइफोन १२ प्रो म्याक्सः १२८, २५६ र ५१२ जीबी स्टोरेजमा पाइनेछ

मूल्य

यी सबै मोडलका फोनको मूल्य ७० हजार भारतीय रुपियाँदेखि १ लाख ३० हजार रुपियाँसम्मको छ।

आइफोन १२ मिनीको मूल्य ६९ हजार ९०० भारतीय रुपियाँ पर्नेछ भने आइफोन १२ को मूल्य ७९ हजार ९०० रुपियाँ पर्नेछ।

यस्तै आइफोन १२ प्रोको मूल्य १ लाख १९ हजार ९०० रुपियाँ पर्नेछ भने आइफोन १२ प्रो म्याक्सको मूल्य १ लाख २९ हजार ९०० रुपियाँ पर्नेछ।

मोडल र स्टोरेजअनुसार मूल्यमा घटीबढी छ। जस्तै ६४ जीबीको आइफोन मिनी ६९ हजार ९०० पर्छभने यही मोडलको फोन जसको स्टोरेज २५६ को छ त्यसको मूल्य ८४ हजार ९०० रुपियाँ पर्छ।

आइफोन १२ मिनी फाइभ–जी नेटवर्कलाई सपोर्ट गर्ने विश्वकै सबैभन्दा सानो फोन हो।

Apple launches 4 new iPhone 12 models and they'll be available in India  starting October 30

कहिलेसम्म आइपुग्छ?

विश्वभर आइफोन १२ मिनीको प्रि–अर्डर नोभेम्बरबाट सुरु हुनेछ भने १३ नोभेम्बरदेखि प्राप्त गर्न सकिनेछ।

आइफोन १२ र आइफोन १२ प्रोको प्रि–अर्डर अक्टोबर १६ बाट नै सुरु हुँदैछ। यो फोनहरु २३ अक्टोबरदेखि प्राप्त गर्न सकिनेछ।

यस्तै आइफोन १२ प्रो म्याक्सको प्रि–अर्डर १३ नोभेम्बरदेखि सुरुहुँदा २० नोभेम्बरदेखि नै यसको विक्रि सुरुहुनेछ।

स्क्रिनबारे जानकारी

आइफोन १२ प्रो पहिलेको आइफोनभन्दा ठूलो छ। एप्पलका अनुसार आइफोन १२ को स्क्रिन ६.१ इन्चको हुनेछ तर पहिलेको तुलनामा नयाँ आइफोन ११ प्रतिशत पातलो र १५ प्रतिशत हल्का हुनेछ।

कम्पनीका अनुसार नयाँ फोनको स्क्रिन रिज्योलुसन ज्यादा छ र यसमा सिरमिक सिल्डको प्रयोग गरिएको छ।

आइफोन १२ प्रोको स्क्रिन ६.१ इन्चको हुनेछ यस्तै आइफोन १२ प्रो म्याक्सको स्क्रिन ६.७ इन्चको हुनेछ। यस्तै आइफोन १२ मिनीको स्क्रिन ५.४ इन्चको हुनेछ।

Apple Reveals Four iPhone 12 Models, Heralding 'New Era' for 5G Technology  - WSJ

फ्ल्यास बिनै रातमा सेल्फी

आइफोन १२ मा फ्ल्यास बिनै रातमा सेल्फी खिच्न सकिनेछ। नाइट–मोड अन गरेपछि राति पनि फ्ल्यास बिनै सेल्फी खिच्न सकिनेछ। यस्तै नयाँ फोनमा चार्जरको एडाप्टर बिनै फोन चार्ज गर्न सकिनेछ।

समग्रमा पहिलेका आइफोनभन्दा हालका आइफोन सबै किसिमबाट राम्रो बनेको छ।

यसमा राम्रो क्यामेरा क्वालिटी छ। जस्तो गेम पनि यस फोनमा ल्यागिङ बिनै खेल्न सकिनेछ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .