ad ad

प्रविधि


काठमाडौंमा आईटी करियर कनक्लेभ आयोजना हुँदै

काठमाडौंमा आईटी करियर कनक्लेभ आयोजना हुँदै

नेपालखबर
पुस २१, २०७७ मंगलबार १२:२३,

सञ्चार तथा सूचना प्रविधिको मानव जीवनमा पार्ने प्रभाव र प्राविधिक उद्यमशीलताको अवस्थाको विषयमा केन्द्रित पीबीएस आईटी करियर कनक्लेभ काठमाडौंमा आयोजना हुने भएको छ।

लिभिङ विथ आईसीटी र प्रेसिडेन्सीयल बिजनेस स्कुलको संयक्त आयोजनामा आगामी शनिबार र आइतबार पीबीएस आईटी करियर कनक्लेभ हुने भएको हो।

मंगलबार पत्रकार सम्मेलन आयोजना गरी कनक्लेभका कार्यक्रम संयोजक पारस डोटेलले आईटी क्षेत्रको विकास र प्रवद्र्धनका लागि कनक्लेभ आयोजना गरिएको बताए।

दुई दिनसम्म सञ्चालन हुने कनक्लेभमा आइटी क्षेत्रका २० जना भन्दा बढी विज्ञहरुले आफ्ना धारणा प्रस्तुत गर्नेछन्। कार्यक्रममा विभिन्न पाँच विषयका सेसनहरु सञ्चालन हुनेछन्।

प्रेसिडेन्सियल विजनेस स्कुलमा आयोजना हुने कार्यक्रममा सूचना प्रविधि क्षेत्रमा करियर बनाउन खोजिरहेको विद्यार्थी तथा शिक्षकहरुले सहभागिता जनाउन सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .