ad ad

प्रविधि


चीनद्वारा राजमार्गमा चालकरहित कार परीक्षण गर्न अनुमति

चीनद्वारा राजमार्गमा चालकरहित कार परीक्षण गर्न अनुमति

नेपालखबर
माघ १, २०७७ बिहिबार १२:१४,

चीनको उद्योग, सूचना तथा प्रविधि मन्त्रालयले नयाँ नियम बनाउँदै चालकरहित कार परीक्षणलाई वैधानिकता प्रदान गरेको एससीएमपीले जनाएको छ।

यसअघि नै अमेरिका, जर्मनी र बेलायतले चालकरहित कार परीक्षणमा अनुमति दिइसकेको छ।

सन् २०१८ देखि नै चीनले चालकरहित कार परीक्षण गर्न थालेको थियो। यसपटक भने राजमार्गमै यस्ता कारहरु परीक्षण गरिनेछन्।

चीनको प्रविधि मन्त्रालयले आफ्ना देशका वैज्ञानिकहरुले भरपर्दो प्रविधि विकास गरेकाले चालकरहित कार परीक्षणमा अनुमति दिएको बताएको छ।

चालकरहित कारको विकास यतिबेला विश्वका विभिन्न देशमा भइरहेका छन्। यस्ता कार पछि गएर मानव जीवनको जीवनशैली बन्ने अपेक्षा गरिएका छन्।

विकसित मूलुकहरुले उड्ने कारको परीक्षणलाई पनि तीव्रता दिन थालेका छन्। चीनले पनि पछिल्लो समय प्रविधिको क्षेत्रमा ठूलो फड्को मारिरहेको छ। एजेन्सी

Flying car actually flies: KleinVision AirCar completes flight tests |  CarAdvice

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .