ad ad

प्रविधि


सामसङका प्रमुख लि जे–योङलाई घुसकाण्डमा दोषी पाइएपछि जेल सजाय

सामसङका प्रमुख लि जे–योङलाई घुसकाण्डमा दोषी पाइएपछि जेल सजाय

नेपालखबर
माघ ५, २०७७ सोमबार ११:५३,

घुस तथा भ्रष्टाचार सम्बन्धी मुद्दामा दोषी पाइएपछि उनलाई साढे २ वर्षको जेल सजाय तोकिएको बीबीसीले जनाएको छ।

यसअघि सामसङबाट दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्क ग्युन हेले घुस लिएको आरोप लागेको थियो। उनलाई १२ वर्षको जेल सजाय तोकिएको छ।

सोही काण्डमा सामसङका प्रमुख लि जे–योङ दोषी पाइएका हुन्। हृदयघातका कारण पिता लि कुन–ही बिरामी परेपछि लि जे–योङले सन् २०१४ यता सामसङ प्रमुखको पद सम्हालेका थिए।

गतवर्ष मात्र उनका पिताको निधन भएको छ। अदालतले घुसकाण्डमा दोषी ठहर्याएसँगै लि जे–योङको सामसङ कम्पनीको भूमिकामा असर पर्ने देखिएको छ।

अदालतका अनुसार उनले पूर्व राष्ट्रपति पार्क ग्युन हेलाई घुस दिएका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .