ad ad

प्रविधि


अमेरिकास्थित चिनियाँ दूतावासको ट्विटर ब्लक!

अमेरिकास्थित चिनियाँ दूतावासको ट्विटर ब्लक!

नेपालखबर
माघ ८, २०७७ बिहिबार ७:४५,

एनडीटीभीका अनुसार चिनियाँ दूतावासको ट्विटरमा सिनजियाङ क्षेत्रका उइगर मुसलमानमाथि चीन सरकारले लिएको नीतिको बचाउ गरिएको सामग्री पोस्ट गरिएपछि उक्त ट्विटर ह्यान्डल ब्लक गरिएको हो।

चीनले उइगर समुदायको जनसंख्या नबढोस् भनेर त्यस समुदायका महिलाहरुको जबरजस्ती बन्ध्याकरण गरिदिएको समाचारहरु आएका छन्। यस कार्य मानव अधिकारविरुद्ध भएको भन्दै चर्को विरोध भएको छ।

यसै महिना दूतावासले चिनियाँ पत्रिका चाइना डेलीको एउटा समाचार सेयर गरेको थियो। आरोपहरको खण्डन गर्दै त्यहाँ उइगर समुदायका महिला बच्चा जन्माउने मेसिन नभएको उल्लेख गरिएको थियो।

उक्त पोस्ट सेयर भएको २४ घन्टापछि ट्विटरले उक्त पोष्टलाई हटाइदिएको थियो। जनवरी ९ देखि उक्त ट्विटर ह्यान्डल ब्लक भएको बताइएको छ।

उक्त ट्वीटर ह्यान्डलमा हामी पहिलेका सामग्रीहरु देख्नसक्छौं। तर त्यो अहिले सक्रिय छैन। ब्लक हटाइएपछि उक्त ट्विटर फेरि सक्रिय हुनेछ।

ट्विटरले मानवीय मूल्य र मान्यतामा आँच पुग्ने सामग्रीलाई हटाउँदै आएको छ। यसबीचमा @ChineseEmbinUS टि्वटर ह्यान्डलमा सेयर भएकाे सामग्री पनि त्यस्तै किसिमको भएको बताइएको छ।

डोनाल्ड ट्रम्पको प्रशासनले सरकारको कार्यकाल सकिन केहीघण्टा अगाडि मात्र सिनजियाङका उइगर समुदायको चीनले नरसंहार गरेको पनि आरोप लगाएको थियो।

ट्विटरले बिहीबार एक वक्तव्यमा आफूहरुले कुनै पनि जाति, धर्म, उमेर, राष्ट्रियता, अपांगता, रोगीहरुविरुद्ध पोस्ट भएका सामग्रीलाई हटाउने जानकारी दिएको छ।

यसअघि नै मानवअधिकारवादी संस्थाहरुले धेरैपटक प्रतिवेदन सार्वजनिक गर्दै उइगर मुस्लिममाथि चीनले ज्यादती गरेको विषय सार्वजनिक गरेका थिए।

चीनले सबै आरोपहरुको खण्डन गर्दै आएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .