ad ad

प्रविधि


ट्विटरका संस्थापक डोर्सीको पहिलो ट्विट २९ लाख डलरमा बिक्री

ट्विटरका संस्थापक डोर्सीको पहिलो ट्विट २९ लाख डलरमा बिक्री

नेपालखबर
चैत १०, २०७७ मंगलबार ७:१४,

डोर्सीले उक्त ट्विट बिक्रीका लागि लिलामीमा राखेका थिए। विक्री गर्न खोजेको उक्त ट्विटलाई ब्लकचेन टेक्नोलोजी मार्फत भर्चुअल वस्तुका रुपमा बेचिएको हो।

हाल संकलन भएको रकम सामाजिक कार्यमा खर्च गरिने डोर्सीको भनाइ छ।

सन् २००६ मार्च २१ मा डोर्सीले “जस्ट सेटिङ अप माई ट्वीटर” अर्थात् “भर्खरै मैले ट्वीटर खाता खोलें,” भनेर ट्विट गरेका थिए।

१५ वर्ष अगाडिको डोर्सीको उक्त ट्विट डोर्सी र ट्वीटरले अनलाइनबाट नहटाउँदासम्म सबैले अनलाइनमा देख्न पाउने छन्।

डोर्सीको ट्विटलाई मलेसियाका व्यापारी सिना इस्ताभीले खरिद गरेका हुन्। उनले डार्सीको ट्विट मोनालिसाको चित्र खरिद गरे सरह भएको उल्लेख गरेका छन्।

आजभोलि महत्वपूर्ण क्षणका घटनाक्रमलाई “नन–फंगिबल टोकेन एनएफटी” मार्फत सुरक्षित गरी बेच्न सकिने बनाइएको छ। वाल स्ट्रिट जर्नल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .