ad ad

प्रविधि


फेसबुकले उइगर मुसलमानमाथि केन्द्रित अकान्टहरु बन्द गर्‍यो

फेसबुकले उइगर मुसलमानमाथि केन्द्रित अकान्टहरु बन्द गर्‍यो

नेपालखबर
चैत १२, २०७७ बिहिबार १२:२७,

चीनले उइगर मुस्लिममाथि दमन गरेर उनीहरुको मानवअधिकार उल्लंघन गरेको पश्चिमा प्रतिवेदनहरु सार्वजनिक भएका छन्।

यसबीचमा फेसबुकले चीन बाहिर रहेका उइगर मुस्लिमलाई केन्द्रित गरेर बनाइएका फेसबुक अकाउन्ट बन्द गरिएका हुन्।

त्यस्ता फेसबुक खाता बनाउने मानिसहरु चिनियाँ ह्याकर भएको फेसबुकको भनाइ छ।

फेसबुकमा उइगर सम्बन्धी भ्रामक जानकारीहरु सार्वजनिक गरिएको जनाइएको छ।

चीनको सिनजियाङ उइगर मुस्लिमको प्रमुख थलो हो। यद्यपी केही मात्रामा उइगरहरु टर्की, अमेरिका, अस्ट्रेलिया र क्यानडामा बस्दै आएका छन्।

चिनियाँ ह्याकरका सयभन्दा बढी फेसबुक खाता बन्द गरिएको बताइएको छ।

बीबीसीका अनुसार यस्ता फेसबुक खाताबाट ५ सय फेसबुक प्रयोगकर्ताको खातामा ह्याकिङको प्रयास भएको जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .