सोही दिन साओमीले आफ्नो कम्पनीको तीन नयाँ स्मार्टफोन एमआई ११ प्रो, एमआई ११ अल्ट्रा र एमआई मिक्स सिरिज स्मार्टफोन सार्वजनिक गर्ने जानकारी दिएको छ।
साओमीले गतवर्षको जुलाईमा एमआई ब्यान्ड ५ लन्च गरेको थियो। यतिबेला केही नयाँ फिचर्सका साथ एमआई ब्यान्ड ६ लन्च गर्न लागिएको हो।
साओमीले ट्विटरमा आगामी सोमबार अर्थात् मार्च २९ मा आफ्ना नयाँ सामग्री लन्च गर्ने बताएको छ।
एमआई ब्यान्ड ६ मा नयाँ टाइम म्यानेजमेन्ट सिस्टम दिइने बताइएको छ।
यस सिस्टमअनुसार प्रयोगकर्ताले २५ मिनेटसम्म नोटिफिकेसन म्युट राख्न सक्नेछन्।
यसमा डाटा मनिटरिङको सहयोग पनि मिल्नेछ। लाइभ हिन्दुस्तान
प्रतिक्रिया