ad ad

प्रविधि


हुवावेले यसकारण नाइक र एडिडासको एप आफ्नो एपस्टोरबाट हटायो...

हुवावेले यसकारण नाइक र एडिडासको एप आफ्नो एपस्टोरबाट हटायो...

नेपालखबर
चैत १६, २०७७ सोमबार ११:४७,

चीनले सिनजियाङ प्रान्तका उइगर मुसलमानको मानवअधिकार उल्लंघन गरेको तथा उइगरको श्रम शोषण गरेर कटन उत्पादन गरेको विषय समेटिएको प्रतिवेदन पश्चिमा देशले सार्वजनिक गरेका थिए।

यस प्रतिवेदनपछि विश्वभरबाट चीनको चर्को विरोध भइरहेको छ। यसबीचका अमेरिका लगायतका देशले चीनबाट कटन खरिद नगर्ने बताइरहेका छन्।

सो क्रममा नाइक, एडिडास, बरबेरी, एच एन्ड एमजस्ता पश्चिमा कम्पनीले चीनले उइगरको मानवअधिकार उल्लंघन गरेको कारण चीनको कटनको उत्पादन खरिद गर्न नहुने धारणा राखेका थिए।

Nike vs Adidas: which is your favorite sports brand? - netivist

चीनमाथि नाजायज आरोप लगाएको बताउँदै चीनका नागरिकले पश्चिमा उत्पादनलाई प्रयोग गर्न छाडेका छन्।

यसबीचमा हुवावेको एपस्टोरमा नाइक र एडिडासका एप डाउनलोडको लागि उपलब्ध भएको नदेखिएको हो। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .