ad ad

प्रविधि


लोगो ठिक स्थानमा नराखिएको आइफोन चौगुणा मूल्यमा विक्री भयो

लोगो ठिक स्थानमा नराखिएको आइफोन चौगुणा मूल्यमा विक्री भयो

नेपालखबर
चैत ३०, २०७७ सोमबार १०:२४,

पछिल्लो समय सार्वजनिक भएको काउन्टरपोइन्ट वेबसाइटको रिसर्चअनुसार विश्वमा सबैभन्दा बढी विक्री भएको शीर्ष १० स्मार्टफोनमध्ये ६ वटा एप्पलकै आइफोनका सेरिजहरु हुन्।

हालै आइफोन बारे नै एउटा रोचक खबर आएको छ। एप्पल इन्साइडरका अनुसार लोगो ठिक स्थानमा नराखिएको आइफोन ११ प्रो निर्धारित मूल्यभन्दा चौगुणा मूल्यमा विक्री भएको हो।

एप्पलका सामग्रीमा लोगोमा विरलै गल्ती हुन्छ। केही खराबी आइहाले त्यसको स्थानमा तत्काल नयाँ स्मार्टफोन लिन पाइन्छ।

तर लोगो लगाउने स्थानभन्दा दाहिनेपट्टी केही अगाडि लगाइएको लोगो भएको फोन भने चौगुणा मूल्य अर्थात् २७ सय अमेरिकी डलरमा विक्री भएको छ।

एप्पल इन्साइडरका अनुसार शुक्रबार इन्टरनल आर्काइभ नामक ट्वीटर अकाउन्टले एप्पलको यो जानकारी सार्वजनिक गरेको छ।

इन्टरनल आर्काइभले एप्पलका प्रोटोटाइप विवरणबारे खोज अनुसन्धान गरिरहन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .