ad ad

प्रविधि


रुस र साउदी अरबद्वारा मानव अन्तरिक्ष अभियानमा सहकार्य गर्ने सहमति

रुस र साउदी अरबद्वारा मानव अन्तरिक्ष अभियानमा सहकार्य गर्ने सहमति

नेपालखबर
जेठ १२, २०७८ बुधबार ११:७,

रुसका उप–प्रधानमन्त्री एलेक्जेन्डर नोवाकले एक बयान जारी गर्दै रुस र साउदी अरबले एक साथ मिलेर मानव अन्तरिक्ष अभियान संचालन गर्ने बताएका हुन्।

सोही योजनाअनुसार यतिबेला रुसले साउदीका अन्तरिक्षयात्रीहरुलाई प्रशिक्षण दिइरहेको उनको भनाइ छ।

समाचार संस्था रोयटर्सका अनुसार रुस र साउदी अरब दुबै कच्चा तेलको प्रमुख निर्यातकर्ता हुन्। तेलको उत्खननको विषयमा दुवै राष्ट्रले महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

हालै दुवै देशका अन्तर–सरकारी आयोगका अधिकारीबीच भिडिओवार्ता भएपछि एलेक्जेन्डरले भनेका छन्,‘दुवै मुलुकले मिलेर अन्तरिक्ष अभियानको क्षेत्रमा काम गर्नेछन्। यो योजनामा हाल काम भइरहेको छ। अहिले अन्तरिक्षमा मानव पठाउने अभियानको लागि अन्तरिक्षयात्रीलाई प्रशिक्षण दिइरहेका छौं।’

रुसी अन्तरिक्ष संस्था रोसकसमसले यसअघि सन् २०२५ सम्ममा अन्तर्राष्ट्रिय स्पेस स्टेसनबाट बाहिर निस्कने र आफ्नै स्पेस स्टेसन बनाउने बताएको थियो।

राष्ट्रपति भ्लादमिर पुटिनले आदेश दिनासाथ रोसकसमसले अन्तरिक्षमा स्पेस स्टेटसन बनाउने कार्य थाल्ने बताइएको छ।

यतिबेला चीनले पनि आफ्नो छुट्टै स्पेस स्टेसन निर्माण गरिरहेको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .