ad ad

प्रविधि


‘मास आईटी आउटेज’ले प्रभावित भए विश्वका विभिन्न एयरलाइन्स, मिडिया र बैंकहरु

‘मास आईटी आउटेज’ले प्रभावित भए विश्वका विभिन्न एयरलाइन्स, मिडिया र बैंकहरु

नेपालखबर
साउन ४, २०८१ शुक्रबार १३:२८, काठमाडौँ

विश्वका मुख्य बैंकहरु, मिडिया आउटलेट र हवाइ सेवाप्रदायकहरुको सेवा आईटी आउटेज अर्थात् प्राविधिक समस्याले प्रभावित भएको छ। 

बीबीसीका अनुसार अस्ट्रेलिया, बेलायत र अमेरिकामा आउटेजको समस्या देखिएको हो। 

अस्ट्रेलियामा उडानहरु नै रद्द गर्नुपरेको, सुपरमार्केटहरु बन्द गर्नुपरेको र सञ्चारमाध्यममा समेत अवरोध सिर्जना भएको छ। अमेरिकी राज्य अलास्काले आफ्ना आकस्मिक सेवा आईटी आउटेजले प्रभावित भएको छ। 

यसको कारण स्पष्ट नखुले पनि धेरै प्रभावित सेवा माइक्रोसफ्ट पीसी अपरेटिङ सिस्टमसँग जोडिएको बीबीसीले जनाएको छ। 

माइक्रोसफ्ट ३६५ सेवा अपडेटले एक्समार्फत माइक्रोसफ्ट ३६५ एप र सेवामा प्रयोगकर्ताको पहुँचमा भएको अवरोधबारे अनुसन्धान गरिरहेको जनाएको छ। अधिकांश प्रभावित सेवा सुचारु भइसकेको पनि उसले उल्लेख गरेको छ। 

अस्ट्रेलियामा भएको आउटेज ग्लोबल साइबरसेक्युरिटी फर्म क्राउड स्ट्राइकसँग सम्बन्धित रहेको त्यहाँको सरकारका प्रवक्ताले उल्लेख गरेका छ्न। साइबर सुरक्षाविद्हरुले यसलाई ‘आक्रमण’को रुपमा लिएका छन्। 

बढी प्रभावित भएको अस्ट्रेलियामा सिड्नी एयरपोर्टमा सूचना नै डिपार्चर बोर्डबाट एकाएक हराएको बताइएको छ। 

यता अमेरिकामा डेल्टा, युनाइटेड र अमेरिकन एयरलाइन्सका उडानहरु सञ्चारमा समस्या भएपछि रद्द भएको सीएनएनले जनाएको छ। 

यता बेलायतमा रेल सेवा प्रभावित भएको बीबीसीले उल्लेख गरेकाे छ। बेलायतमा स्काई न्युज अफलाइन भएको छ। उता जर्मनीको बर्लिन एयरपोर्ट्समा पनि समस्या भएको बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .