ad ad

समाज


राष्ट्रिय जनगणनाको तयारी सुरु, माघ १ देखि नमूना जनगणना हुने

राष्ट्रिय जनगणनाको तयारी सुरु, माघ १ देखि नमूना जनगणना हुने

नेपालखबर
कात्तिक ३, २०७६ आइतबार ९:१३,

केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७६ को लोगो र नारा सार्वजनिक गर्दै यही वर्ष नमूना जनगणना समेत गर्ने जानकारी दिएको छ। २०७८ जेठ २५ देखि असार ८ गतेसम्म हुने राष्ट्रिय जनगणानाको तयारीस्वरुप यो वर्ष सातै प्रदेशमा माघ १ देखि चैत ३० गतेसम्म नमूना जनगणना गर्ने भएको हो।

प्रदेश १ मा पाँचथर र मोरङ, प्रदेश २ मा धनुषा र पर्सा, प्रदेश ३ मा मकवानपुर र काठमाडौं, गण्डकीमा बाग्लुङ र कास्की, प्रदेश ५ मा रुपन्देशी र प्यूठान सुदूरपश्चिममा कैलाली र दार्चुला र कर्णाली प्रदेशमा सुर्खेत र जुम्लामा नमूना जनगणना हुने तथ्याङ्क विभागले जानकारी गराएको छ।

त्यस्तै राष्ट्रिय जनगणना २०७८ पनि विगत केही फरक गराई तथ्याङ्कहरु आधिकारिक गराउने विभागले लक्ष्य लिएको छ। विभागले आइतबार एक कार्यक्रमको आयोजना गर्दै राम्रो तयारी र आवश्यक छलफल समेत गर्ने जानकारी दिएको छ। जनगणनाले दिएको तथ्याङ्क प्रभावकारी नभएको भन्दै संसदीय समितिमा समेत छलफल भएकोले संसदमा समेत यो विषय छलफल गराई आवश्यक राय÷सुझावअनुसार अघि बढ्ने विभागले जनाएको छ।

जनगणनामा आवश्यक जनशक्ति करारमा भर्ना गरिने तयारी भएको छ। विभागका अनुसार विगतमा विद्यार्थी तथा शिक्षकहरुलाई परिचालन गर्दै आएकोमा पठनपाठन प्रभावित नहोस् भनेर यो पटक करारमा कर्मचारी भर्ना गरी परिचालन गरिने भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .