महोत्तरीमा सुमो र मोटरसाइकल ठोक्किँदा एक बालकसहित दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरीको गौशाला नगरपालिका २ का २२ वर्षीय सञ्जित मण्डल र सम्सी गाउँपालिका १ पर्साका प्रबोध मण्डलका छोरा १२ वर्षीय धिरज मण्डल छन्।
दुवै जनाको जलेश्वर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ।
सोमबार साँझ साढे ७ बजे औरही नगरपालिका ४ कठुधारस्थित माइस्थान सम्सी सडकखण्डमा सम्सीबाट गौशालातर्फ आउँदै गरेको अनटेस्ट मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको प्र.–०२–००१ च.०८४१ नम्बरको सुमो ठोक्किएको थियो।
दुर्घटनामा मोटरसाइकलमा सवा दुवै जना गम्भीर घाइते भएका थिए।
उपचारका लागि जलेश्वर अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
दुवै शव पोस्टमार्टमका लागि जलेश्वर अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
Shares
प्रतिक्रिया