धनुषामा गोली प्रहार गरी एक युवकको हत्या भएको छ।
धनुषाको हंसपुर नगरपालिका ७ बस्ने १८ वर्षीय विजय महराको गोली तथा चक्कु प्रहार गरी हत्या भएको हो।
महराको शव घर नजिकैको गहुँ खेतमा बुधबार दिउँसो फेला परेको धनुषाका प्रहरी उपरीक्षक बसन्त राजौरेले जानकारी दिए।
उनका अनुसार निधारमा गोली प्रहार गरेको जस्तो खत देखिएको छ भने पछाडि ढाडमा चक्कु प्रहार गरिएको घाउ देखिएको छ।
मंगलबार साँझ ६ बजे घरबाट निस्केका महराको राति नै हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ।
महराको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
उनको हत्या कसले किन गरेको विषयमा केही खुलेको छैन। घटना विषयमा थप अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
984
Shares
प्रतिक्रिया