धनुषामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन युवकको ज्यान गएको छ।
क्षिरेश्वरनाथ नगरपालिका–५ सिन्धुली टोलमा पार्क गरि राखिएको ना २ ख ८६२४ नम्बरको ट्रकमा लु ८३ प ८६५२ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।
तीनजना सवार मोटरसाइकल सोमबार बिहान ट्रकमा ठोक्किँदा तीनै जना युवकको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक मध्ये जनकपुरधाम उपमहानगरपालिका–४ का २० वर्षीय सुमित अग्रवालको मात्र नाम खुलेको छ।
मृतक दुई जनाको अझै सनाखत हुन नसकेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनालाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको उनले बताए।
ट्रक र त्यसका चालक हरिनारायण राउतलाई नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
45
Shares
प्रतिक्रिया