सप्तरीमा विवाहमा लाउडस्पिकर बजाउने विषयमा विवाद भएपछि कुटपिट हुँदा एक युवकको मृत्यु भएको छ।
सप्तरीको खडक नगरपालिका ४ स्थित पन्सेरा टोलमा कुटपिटबाट स्थानीय राम आशिष पासवानको छोरा २७ वर्षीय सन्तलाल पासवानको मृत्यु भएको हो।
मंगलबार राति १० बजेको समयमा विवाहमा बजिरहेको बाजा रोक्ने विषयमा विवाद भएको थियो। सो विवादमा अपरिचित व्यक्तिहरुको कुटपिटबाट सन्तलाल गम्भीर घाइते भएका थिए।
उनको विराटनगर स्थित नोबेल अस्पतालमा उपचारको क्रममा बुधबार बिहान १० बजे मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए।
कुटपिटमा संलग्न भएको आरोपमा एकजना व्यक्तिलाई पक्राउ गरेको उनले बताए।
घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
456
Shares
प्रतिक्रिया