ad ad

समाज


बेलायतसँग श्रम सम्झौतामा हस्ताक्षर, नेपाली नर्स रोजगारीका लागि जान सक्ने

बेलायतसँग श्रम सम्झौतामा हस्ताक्षर, नेपाली नर्स रोजगारीका लागि जान सक्ने

नेपाल र बेलायतका अधिकारी समझदारीपत्रमा आदान प्रदान गर्दै। तस्बिर : रासस


नेपालखबर
भदौ ६, २०७९ सोमबार १५:३५, काठमाडौँ

नेपालबाट बेलायतमा स्वास्थ्य जनशक्ति (नर्स) पठाउनेसम्बन्धी द्विपक्षीय श्रम समझदारीपत्रमा सोमबार हस्ताक्षर भएको छ। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सो समझदारीपत्रमा हस्ताक्षर गरे। 

समझदारीअनुसार नेपालका स्वास्थ्य क्षेत्रका जनशक्तिले बेलायतमा रोजगारीका अवसर प्राप्त गर्नेछन्। 

रोजगारीका लागि बेलायत जाने श्रमिकले कुनै पनि शुल्क तिर्नुपर्ने छैन। उनीहरुले पाँच वर्षका लागि बेलायतमा काम गर्न पाउनेछन्। 

उक्त समझदारी पत्रमा हस्ताक्षरका क्रममा श्रम मन्त्री शेरबहादुर कुँवर पनि उपस्थित थिए। 

नेपालबाट नर्ससँगै ल्याब असिस्टेन्ट, अनमी, बीएन, फार्मेसिस्ट पठाउने गरी श्रम सम्झौता भएको हो। 

दुवै देशका प्रतिनिधि सम्मिलित अध्ययन समितिले समझदारीपत्रको मस्यौदालाई अन्तिम रूप दिएपछि हस्ताक्षर भएको हो।

बेलायतमा रोजगारीका लागि प्रारम्भमा २ हजार नर्स पठाउने तयारी नेपालले गरेको छ। त्यसका लागि वैदेशिक रोजगार विभागको क्षमता अभिवृद्धि, छात्रवृत्तिको अवसरका साथै नर्सिङ कलेजहरुको क्षमता अभिवृद्धिमा बेलायत सरकारबाट सहयोग लिइने छ। 

रोजगारीका लागि बेलायत जाने नर्सले कुनै पनि शुल्क बुझाउनुपर्ने छैन। 

बेलायत जाने नर्सले इन्टरनेशनल इङ्लिस ल्याङ्ग्वेज टेस्टिङ सिस्टम (आईईएलटीएस) परीक्षामा ६.५ अंक ल्याउनुपर्छ। 

त्यस्तै नर्सिङ काउन्सिलबाट अनुमतिपत्र लिनुपर्नेछ। यस्तै पाँच वर्षसम्म काम सकेपछि अनिवार्य स्वदेश फर्किनुपर्ने शर्त पनि छ। 

बेलायत जानका लागि साढे सरकारबाट मान्यता प्राप्त अस्पतालमा दुई वर्ष काम गरेको हुनुपर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .