सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस तीन जनाविरूद्ध उजुरी दिन संसदीय सुनुवाइ समितिले आह्वान गरेको छ।
सर्वोच्चको न्यायाधीशमा न्यायपरिषदबाट उच्च अदालतका दुई जना मुख्य न्यायाधीश र वरिष्ठ अधिवक्ता गरी तीन जना सिफारिस भएका छन्।
उनीहरूविरूद्ध उजुरी दिन भनिएको हो।
न्यायाधीशमा उच्च अदालत (तुलसीपुर) की मुख्य न्यायाधीश नीता गौतम दीक्षित, उच्च अदालत (जनकपुर) का कायममुकायम मुख्य न्यायाधीश विनोद शर्मा र नेपाल ल क्याम्पसका प्रमुख डीएन (दिनानाथ) पराजुली न्यायाधीशमा सिफारिस भएका छन्।
‘सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि न्यायपरिषदबाट सिफारिस भई संसदीय सुनुवाइका लागि मिति भदौ २२ गते समितिमा पत्र प्राप्त भएकोले उक्त पदमा उहाँहरूलाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबुत प्रमाणसहित मिति २०७९ असोज ७ गते कार्यालय समयभित्र यस समिति समक्ष निम्न माध्यममार्फत वा सो समितिमा आई सूचना वा उजुरी दिन सकिने बेहोरासमेत यसै सूचनाद्वारा सूचित गरिन्छ’, समितिद्वारा जारी सूचनामा भनिएको छ, ‘यस्तो सूचना दिने सूचना दाताले आफ्नो नाम, थर, वतन र सम्पर्क नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने र निजले चाहेमा सूचना दाताको नाम गोप्य राखिने बेहोरा समेत जानकारी गराइन्छ।’
सिफारिसमा परेका सबैलाई संसदीय सुनुवाइपछि राष्ट्रपतिले सर्वाेच्च अदालतकाे न्यायाधीशमा नियुक्ति गर्नेछिन्।
Shares
प्रतिक्रिया