मानवशास्त्री तथा नेपाल जनजाती महासंघका पूर्वमहासचिव डा. ओम गुरुङको निधन भएको छ।
क्यान्सर रोगबाट पीडित गुरुङको सोमबार ६८ वर्षको उमेरमा ललितपुरको हिरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो।
विस. २०११ माघ २९ गते बागलुङको ताराखोलामा जन्मेका गुरुङले त्रिभुवन विश्वविद्यालयमा ३६ वर्ष अध्यापन गरेका थिए। उनी १२ वर्षसम्म समाजशास्त्र तथा मानवशास्त्र विभागका प्रमुख भएका थिए।
गुरुङले १९९६ मा गुरुङले अमेरिका कोरनेल विश्वविद्यालयबाट मानवशास्त्रमा विद्यावारिधि गरेका थिए।
उनको श्रीमती, १ छोरा र २ छोरी छन्।
48
Shares
प्रतिक्रिया