नवलपरासी पूर्वमा भएको बस दुर्घटनामा मृत्यु भएका पाँच जना मध्ये एकै परिवारका तीन जना रहेका छन् ।
एकै परिवारका मृत्यु हुनेहरुमा पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका ४१ बर्षीय तारा बिक , १७ बर्षीय विनय विक , ६२ बर्षीय धनी विक रहेका छन्। एकै परिवारका आमा छोरी र भान्जाको मृत्यु भएको हो। उनीहरु मनकामना दर्शन गर्नका लागि हिँडेका थिए।
त्यस्तै, ५८ वर्षीया देवि गाह र स्याङ्गजाको गल्याङ्ग नगरपालिका–९ की ४५ वर्षीया फुलमाया बिकको पनि मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको बुलिङटारमा ना ६ ख ७५८० नम्बरको बस दुर्घटनामा परेको थियो। मनकानमना दर्शन गर्न गएका दर्शालु बोकेको बस दुर्घटना भएको थियो।
54
Shares
प्रतिक्रिया