ad ad

समाज


वडाध्यक्षले कुटपिट गरेपछि प्रशासकीय अधिकृतले गाउँ छाडे

वडाध्यक्षले कुटपिट गरेपछि प्रशासकीय अधिकृतले गाउँ छाडे

नेपालखबर
पुस ३, २०७६ बिहिबार ४:५,

रूकुम पश्चिमको आठबीसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी र सूचना प्रविधि अधिकृत गणेश चन्दमाथि कुटपिट भएको छ।

कुटपिटमा संलग्न भएकोको आरोपमा प्रहरीले आठबीसकोट-३ का अध्यक्ष केशरमान विकलाई प्रहरीले पक्राउ गरेको छ।

कार्यालयको काम सकेर आवासतर्फ फर्कंदै गर्दा बुधबार साँझ ६ बजेतिर आठबीसकोट–९, राडीज्युलामा आफूहरुमाथि कुटपिट भएको उनीहरुले बताएका छन्।

चेनले आक्रमण गर्दा केसीको टाउकोमा चोट लागेको छ। उनको टाउकोमा पाँच टाका लगाइएको छ। चन्दलाई भने सामान्य चोटपटक मात्रै लागेको प्रहरीले जनाएको छ।

प्रमुख प्रशासकीय अधिकृत केसीले वडाध्यक्ष केशरमान बिकको योजनामा उनका दुई भाइ नेतृत्वको समूहले आफूहरुमाथि कुटपिट गरेको बताएका छन्।

आठबीसकोट नगरपालिका–३ मा पर्ने बसेरा–खदी सडक खण्ड निर्माणका क्रममा महालेखापरीक्षकको कार्यालयले देखाएको २९ लाख बेरुजुपछि केशरमानसँग आफ्नो विवाद भएको र त्यसकै रिस फेर्न बुधबार आक्रमण भएको केसीले बताए।

अब पुनः आठबीसकोटमा गएर काम गर्ने वातावरण नभएको भन्दै उनले अन्यत्र सरुवा गरिदिनसमेत माग गरेका छन्। ‘अब त्यहाँ गएर काम गर्ने वातावरण छैन’, केसीले भने, ‘असुरक्षित भएपछि सरुवा मागेको छु।’

केसीले केशरमानकै योजनामा आक्रमण भएको भन्दै जिल्ला प्रहरी कार्यालय, रूकुम पश्चिममा किटानी जाहेरी दिएका छन्।

रूकुम पश्चिमका डीएसपी सुमित खड्काले वडाध्यक्षविरुद्ध किटानी जाहेरी परेको भन्दै वडाध्यक्षलाई पक्राउ गरिएको बताए। ‘घटनामा संलग्न अन्यको खोजी भइरहेको छ,’ खड्काले भने।

थप उपचार गर्नुपर्ने भएपछि केसी काठमाडौं जाने तयारीमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .