थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासीहरुको बस्ती हटाउन पुगेका महानगरी प्रहरीले चुनौतीको सामना गर्नुपरेको छ।
बागमती किनारमा अवैधरुपमा बसेको बस्तीहटाउने क्रममा पुगेका महानगर प्रहरीमाथि सुकुम्बासीहरु हतियारसहित जाइलागेका हुन्।
बस्ती हटाउन आएको टोलीमाथि सुकुम्बासीहरु घरेलु हतियार खुकुरी र ढुंगामुढासहित उत्रिएका थिए।
उनीहरु हातमा खुकुरी बोकेर सडकमा निस्किँदै बस्ती हटाउन आए बाँकी नराख्ने चेतावनी दिइरहेका छन्।
बस्ती हटाउन आएपछि प्रतिकारमा उत्रिएकाहरुले घरेलु हतियार खुकुरी र ढुंगामुढासहित जाइ लागेका थिए।
आक्रमक बनेका सुकुम्बासीहरुले ढुंगा र इँटा हान्दा महानगरका एसपी राजु पाण्डेको टाउको फुटेको छ।
1.1k
Shares
प्रतिक्रिया