ad ad

समाज


बच्चालाई अमृतसरह ‘ह्युमन मिल्क बैंक’

बच्चालाई अमृतसरह ‘ह्युमन मिल्क बैंक’

शरद् शर्मा
पुस ३०, २०७९ शनिबार ५:५९, काठमाडौँ

आफ्नो आमाको दूध नआउने वा कुनै कारणले खुवाउन नमिल्ने अवस्थामा पनि अब नवजात शिशुहरुले अर्को आमाको स्तनपान गर्न पाउने भएका छन्। बच्चालाई अर्को आमाको खुवाउन अहिले थापाथलीस्थित परोपकार प्रसुति गृह तथा स्त्रीरोग अस्पतालले स्थापना गरेको ‘ह्युमन मिल्क बैंक’ निकै प्रभावकारी देखिएको छ। 

कोषले ५ महिनादेखि स्तनपान गर्न नसक्ने बच्चालाई अमृतसरह आमाको दूध उपलब्ध गराइरहेको छ। गत भदौमा सञ्चालनमा आएको गृहमा रहेको मिल्क बैंकले स्तनपान गर्न नसक्ने, आमाको दूध नआउने बच्चालाई आमाहरुबाट दान गरिएको दूध उपलब्ध गराइरहेको छ। 

‘बृहत् स्तनपान व्यवस्थापन केन्द्र’ अर्थात् ‘अमृत कोष’ नाम दिइएको यस बैंकमा दैनिक आमाहरुले दान गरिएको सङ्कलन भएको दूध बच्चालाई उपलब्ध गराइरहेको अस्पतालको प्रमुख बालरोग विशेषज्ञ तथा ‘ह्युमन मिल्क बैंक’का इन्चार्ज डा कल्पना उपाध्याय सुवेदी बताइन्। 

सघन उपचार कक्ष (आईसीयू) मा रहेका आमा, भर्ना भएका आमा, स्तनपान गर्न नसक्ने आमाबाट दूध दान गरिन्छ। ‘कसैको बच्चाले आमाको दूध खाने हुन्छ, कसैको हुँदैन। भेन्टिलेटरमा भएका बच्चालाई पनि आमाको दूध चुसाउँदैनौँ। त्यस्ता आमाहरुको दूध अमृत कोषमा राख्ने गर्दछौँ’, डा उपाध्यायले भनिन्, ‘जुन बच्चाले राम्रासँग स्तनपान गर्न सक्दैनन्। त्यस्तो आमाको दूध हामीले यही निकाल्छौँ र जति बच्चालाई चाहिन्छ त्यति दिन्छौँ र बाँकी बैंकमा नै राख्ने गरेका छौँ।’ शल्यक्रिया गरेका आमा पाँच दिन अस्पतालमा बस्ने गर्दछन्। अनि त्यस्ता आमाले पनि दूधदान गर्दछन्।

बच्चालाई आमाको दूध अमृत बराबर मानिन्छ। भनिन्छ आमाको दूध नै बच्चाको पहिलो खोप हो। ६ महिनासम्म बच्चालाई आमाको दूध नै खुवाएपछि अरु कुनै पनि कुरा खुवाउन पर्दैन। तर त्यही आमाको दूध केही बच्चाले पाउन सकिरहेका छैनन्। 

अस्पतालका प्रमुख कल्यसन्ट्यान्ट डा श्रीप्रसाद अधिकारीले बच्चालाई आमाको खुवाउन नै ‘ह्युमन मिल्क बैंक’ स्थापना गरिएको बताए। ‘नेपालमा आमाको दूध खान नपाएर नवजात शिशुको मृत्युदर  एक हजार जनामा २१ जना छ’, उनले भने, ‘बैंकले बच्चालाई आमाका दूध खान उपलब्ध गराइरहेको छ। अब पक्कै पनि नवजात शिशु मृत्युदर घट्नेछ।’

कतिपय नवजात शिशुलाई आमाको दूध नआएर ल्याक्टोजेन खुवाउने गरिएको थियो। उनले बैंक स्थापनासँगै अहिले नवजात शिशुलाई ल्याक्टोजेन खुवाउन नपरेको बताए। उनले शिशुलाई आमाको दूध खुवाएर अस्पताललाई पूर्ण ल्याक्टोजेन मुक्त गराइएको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .