ad ad

समाज


सेनाको हेलिकोप्टरबाट काठमाडौं पठाइयो पहिचान नभएका शव (तस्बिरहरू)

सेनाको हेलिकोप्टरबाट काठमाडौं पठाइयो पहिचान नभएका शव (तस्बिरहरू)

सरोज बैजु
माघ ३, २०७९ मंगलबार ११:५१, काठमाडौँ

यती विमान दुर्घटनामा निधन भएकाहरूको शव आफन्तलाई बुझाउन सुरु गरिएको छ। पोखरास्थित गण्डकी अस्पतालबाट पहिचान भएका शव आफन्तलाई हस्तान्तरण गरिएपछि पहिचान नभएका शवहरु काठमाडौं पठाइएको छ। 

नेपाली सेनाको हेलिकोप्टरबाट शवहरु काठमाडौं पठाइएको हो। 

काठमाडौं ल्याइएका शवहरु सुरुमा शिक्षण स्वास्थ्य अस्पताल, महाराजगन्जमा राखिनेछ। आइतबार काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको यती एअरलाइन्सको विमान पुरानो पोखरा विमानस्थल पछाडिको सेती खोंचमा दुर्घटनामा परेको थियो।

विमानमा ४ चालक दल र ६८ यात्रुसहित ७२ जना सवार थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .