राष्ट्रपति रामचन्द्र पौडेल महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका छन्।
राष्ट्रपति शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएको अस्पतालका कार्यकारी निर्देशक प्रोफेसर डा दिनेश काफ्लेले जानकारी दिए।
उनका अनुसार डा निरज बमसहितको चिकित्सकको टोलीले राष्ट्रपतिको स्वास्थ्य परीक्षण गरेको थियो। उनले भने, ‘राष्ट्रपतिको नियमित स्वास्थ्य परीक्षण गरियो। विभिन्न परीक्षण भएको छ।’
त्यसैगरी राष्ट्रपति पौडेलले शिक्षण अस्पताल परिसरको बिपी कोइराला लायन्स आँखा अध्ययन केन्द्रमा आँखा जाँच पनि गराएका छन्। प्रा डा सगुन जोशीले राष्ट्रपतिका आँखा परीक्षण गरेका थिए। रासस
39
Shares
प्रतिक्रिया